
बुवा ! भगवान कहाँ छन्, कस्ता छन् ? तर थाहा छ, तिमी पर भगवान छैन
राजन आचार्य
अर्घाखाँची
हजारौँ चोटले छाती पिट्दै गर्दा छातिको दुखाइ भुलेर मलाई हसाउँनकै निमित्त हाँसो देखाउने तिमी महान छौ । यहाँ म आफैले पिडामा आफैलाई राखेर आँसुको भेलमा नुहाएको छु । तिमी भने समुद्रको खरो पानीमा पनि नुनको स्वाद निकाले जस्तै पिडाले थिचिएको शरिरमा छोराछोरीको भविस्य देखेका छौ ।
यहाँ म आफ्नै विद्यालयको पुस्तकमा भविस्य नदेखेर हजारौं ठक्कर खाँदै तिमीले हातका नङ्ग्रा खियाएर बर्षाको भेलमा सङ्ग्लो पानी जम्मा गरेजस्तै जम्मा गरेको त्यो पैसामा आफ्नो भविस्य लेख्न एउटा हरियो कागज खोजिरहेको छु । तिमी कुन ढुंगाको मुर्ति हौ ? भन त मलाई । खोलाले पिट्दै पिट्दै ल्याएको ढुङ्गा पनि त रोएको देखेको छु तर तिमी कुन पत्थरको मुर्ति हौ जुन मुर्तिकारले पनि आकृति दिन नसकेर तिमीलाई नै आग्रह गर्छ ।
म यहाँ खाटबाट लड्दा पनि आफुलाई थाम्न नसकेर सबैको सामु चिच्याएर रोहेको हुन्छु । तिमी भने हजारौं हजार पहाड्ले च्याप्दा पनि मुस्कुराउँदै पहाडलाई नै अङ्गालेर मलाई भन्छौ यदि यो नभएको भए म लड्ने थिएँ भनेर । खै कसरी बसिरहेका छौ तिमी मेरो भविस्य निधारमा । म भने पैसाको चस्मा लगाएर दुनियाँ नै अङ्कमा परिणत गरिरहेको छु र भन्ने गर्छु, के यति पैसाले मैले भाग्य लेख्न सक्छु त ? तिमी भने च्यातिएको कपडा खाली खुट्टा नाङ्गो तालु लिएर कोइला पनि बल्न डराउने त्यो तातोमा हाँस्दै मेरो पेट भर्ने खाना देखेका छौ ।
यहाँ म भने सुटबुट लगाएर थालमा भएको चौरासी ब्यन्जन खाना देखेको छैन । हजारौ बर्खाको भेलमा पौडिएर ज्यान जोगाएर आउँदा पनि तिमी भन्छौ, दुख भन्ने केको म देखेको छैन । आनन्द सुख छ, तिमी गोठमा भएका दुई हल गोरु चार ओटा बाख्रा एउटा लैनो भैंसी अर्को बकेर्नो भैंसीलाई दुनियाँको रुखमा लडेर दुनियाँका सम्पत्ति चहारेर लाएको घासमा मुस्कान छाड्छौ । साँझ दिनभरिको थकान र कामको चापले दुखेका खुट्टा हजारौ भाला गढेजस्तै भर्को त्यो शरीर पानी पनि खान न पाएर ब्याकुल भएको त्यो काकाकुल जस्तै सुकेको तिमी अनि खान नपाएर बटारिएका तिम्रा आन्द्रा साँझ परिवारले खाएको देखेर सबै दुख हराउन सक्ने भोकलाई मेटाउन सक्ने सामर्थ्य कहाँ बाट पाउछौ अनि परिवारलाई मीठो खुवाउन पाउँदा आफुले स्वर्ग नै प्राप्त गरेजस्तो त्यो खुसी कुन कन्दराबाट निकाल्छौ ?
म भने सम्पुर्ण सुखसयलमा बसेर चाहेको तिमीले पुर्याउदा पनि कमिको महसुसले टाउको ठोक्दै तिमीलाई नै सरापी रहेको हुन्छु । आफू बिरामी भएर थला पर्दा पनि मलाई एक भनक नदिँदै म हल्का सानो बोलीमा बोले भने पनि स्वास्थको ख्याल गर बाबु, बिरामी परिस् जस्तो छ, मैले केही गर्नुछ, पैसा छ छैन भनेर सोद्दै मेरा हरेक खुसीलाई आफ्नो खुसी मानेर आफ्नो दुख भुलेर छोराछोरीको खुसीको लागि दुनियाँको गालीगलौज सहदै मलाई सुख पाउँछ भनेर सहरमा पठाउने तिमी भगवान हौ ।
मलाई थाहा छैन, भगवान कहाँ छन्, कस्ता छन् ? तर मलाई यति थाहा छ, तिमीभन्दा पर कुनै भगवान छैन । खै कसरी देख्यौ मेरो भविस्य आफू दुख गरेर गाउँमा बस्दा सहरमा छोराको भविस्य, यहाँ छोरा भने आफ्नै भुमिलाई र आफुले गरेको शिक्षातिरको लगानी देखेर धिक्कार्दै छ । अझ भन्छ, भविस्य बाउले अन्धकारमा पार्दिए, यो सेतो कागजमा कालो मसी चिनाएर भन्दै सेतो कागजमा कालो मसि भरिएको बाहिर हरियो रङ्गले छापेको कागजलाई भविस्य देखेर त्यहि तिम्रो दुखको सम्पत्ति र तिमीलाई धरापसङ्गै पैसासङ्ग साटेर अर्कैको भुमिमा रमाउँछ । अनि त्यहिँ नै डेरा जमाएर भविस्य देख्छ अनि भन्छ, मेरा बाले मेरा लागि के गरे, धन्न म यत्तिको छु । पाखे बाउलाई बृद्धाआक्ष्रममा राखिदिन्छु, कति चाहिन्छ पैसा पनि यिनलाई भन्दै सराप्दै राखेर त्यहि बाउको सम्पत्तिमा रमाएर बाउको दुख भुलेर अझ बर्षमा एक दिन डेडी हेर्नुत हजुरलाई के के लेराइदिएको छु खानुस् न ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)