
पर्दाभित्रको दृश्य
भावना सापकोटा
सिलापथार, धेमाजी, असम
यो युगको निष्टुर हातले
पसल थापेको अत्याचार
धनीको धनको भन्डार
गरिवको एकमुठी
अन्नको लागि
अझै पुकार …
आजको धर्म त
धर्मका नाममा धर्मलाई प्रहार
धनीको यत्न गरिव
शोषणको हतियार ।
हामीले सहेर आएका छौ
पिरामिडको ढुंगाको चोट
वर्ण जात भेदको इतिहास लामो,
कति अँध्यारा हाम्रा प्रत्येक
हिटलारी व्यक्ति
आँट,
छैन शिखर प्रहरको
अन्तिम उपहार
फेरि सहने ती चोटहरु
दनदनी बलेको आगाको तापहरु
हटाउ मनको खोटहरु ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



