कोभिडकालको सदुपयोग गर्दै ‘स्वर्णिम रहस्य’

नेपाली बजारमा पछिल्लो समय किताव प्रकाशनको क्रम निकै बढेको छ । कोरोना महामारीका बेला केही सुस्ताएजस्तो देखिए पनि प्रकाशनको क्रम पुनःबढेको छ । किताव प्रकाशनसँगै यसको बजार पनिबिस्तार भइरहेको यसमा संलग्नहरु बताउँछन् ।

पछिल्लो समय आध्यात्म र दर्शनसँग सम्वन्धित एक किताव बजारमा आएको छ – स्वर्णिम रहस्य’ सफल र सन्तुष्ट जीवनका लागि । लेखक खेम शर्माको यस कितावले सफल र सार्थक जीवनको टिप्सहरु दिएको छ । जीवनलाई सहज बनाउने र स्वस्थ्य तथा सुरक्षित जीवन जिउने टिप्स दिएको छ । सफल मानिसका मानक कुराहरु र त्यसलाई कसरी आफ्नो जीवनमा उतार्ने भन्ने कुरालाई लेखक शर्माले सुत्रबद्ध गरेका छन् । लेखक शर्माको स्वर्णिम रहस्य युवाहरुका लागि महत्वपूर्ण खुराक भएको प्रकाशकले बताएको छ ।

लेखक शर्माले कोभिडकालको सदुपयोग गर्दै यो पुस्तक तयार पारेका हुन् । विज्ञानको कसीमा तौलेर पूर्वीय दर्शन र मान्यताहरुलाई उनले पुस्तकमा समेटेका छन् । उनले समग्र जीवनका सार्थकता र उपलब्धिप्रति अस्पष्ट भएकै कारण जिन्दगीभर हैरान हुन अभिशप्त छौं भन्ने सत्यलाई आत्मसाथ गर्दै हरेकले आफ्नो जीवनलाई सरल र सहज बनाउन आग्रह गरेका छन् । त्यसका लागि आफ्ना केही शैलीमा रुपान्तरण जरुरी रहेको उनको ठकर छ । र, त्यही रुपान्तरणका लागि उनले पुस्तकमा सुत्रहरु दिएका छन् ।

किताव हरेक उमेर समूहका लागि उपयोगी छ । पुस्तकमा मन, बुद्धि, दृश्य, वाणी र श्रवणबीचको सन्तुलन पढ्न सकिन्छ । जीवनको उचित परिचालनका तरिकाहरु छन् । कर्मन्द्रीय र ज्ञानेन्द्रीयबीचको सन्तुलन र यसको उपयोगीताहरु छन् । मानिसले अपेक्षा गरेको सन्तोष र सुखका परिभाषाहरु छन् । लेखकका अनुसार हाम्रो जीवन शैलीमा गरिएको सामान्य सुधारले हामी सहज जीवन जिउन सकिन्छ र त्यसका लागि थोरै प्रयासहरु नै पर्याप्त हुन सक्छ – कितावको मर्म यहि हो । अहिले मानिसले पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राख्न थालेको छ । मानप्रतिष्ठाभन्दा ठुलो कुरा तपाईको जीवन हो । स्वस्थ्य र सन्तुष्ट जीवन । पुस्तकले आध्यात्मवाद र भौतिकवादको दोबाटोमा उभिएर अनुशासित, सुखी र सफल बन्न उत्पे्ररणा दिने प्रयार गरेको छ । आध्यात्मलाई बैज्ञानिक र व्यवहारिक रुपमा आममानिसले बुझ्ने भाषामा लेख्नु नै लेखक शर्माको विशेषता रहेका पुस्तक पढ्नेहरुल्े बताएका छन् ।

पछिल्लो १२ वर्षदेखि अष्ट्रेलियामा रहेका शर्माले सफल जीवनका सरल विधिलाई २५ बुँदामा सुत्रबद्ध गरेका छन् । उनले काम र विश्रामबीचको सन्तुलन, समय र परिस्थितिबीचको तालमेल तथा मनोविज्ञान र शरिरबीचको सम्वन्धलाई सजिलोसँग लेखेका छन् । उनले मानिसलाई आफैभित्र नियाल्न आग्रह गरेका छन् । सफल र खुशी जीवनका लागि सुत्रबद्ध अभ्यास गर्न अनुरोध गरेका छन् ।

स्वर्णिम रहस्यमा आममानिसका व्यस्तता र भागदौडलाई सरल र उपयोगी बनाउने उपायहरु छन् । प्रविधिको बढ्दो प्रयोग र कामको चटारोले हामीले कति सन्दर्भ र प्रशंगहरुमा आफुलाई भुलिरहेका छौं । यो कितावले आफुलाई सम्झाउँछ । आफ्नोबारे सोच्ने बनाउँछ । आफुलाई हेर्ने र बुझ्ने बनाउँछ । हरेकलाई आफनो जीवनबारे सोच्ने र आफ्नो समयलाई सम्मान गर्ने बनाउँछ । असल र समुन्नत समाजका लागि हरेक मानिस असल चाहिन्छ । उनी मानिसलाई आफुभित्रैबाट असल बन्न उत्पेरित गर्छन् ।

पुस्तक: स्वर्णिम रहस्य
विधा: दर्शन
प्रकाशक: प्रिती दाहाल शर्मा
संस्करण: २०७८ पहिलो
पृष्ठ: १६०
मूल्य: ४०० रुपैयाँ

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button