
ज्ञानबाटै सारा चोट हर्दिने असल मित्र
अमृता भण्डारी
सत्कर्म गर्न सिकाई जीवनमा ज्ञान हामीमा भर्दिने,
गुरु नै सर्वज्ञानी हुनुहुन्छ अध्यारोमा रोशनी छर्दिने ।
अज्ञानको अन्धकार पन्छाइ ज्ञान दिन अघि सर्दिने,
गुरु नै महान हुनुहुन्छ सारा सृष्टिको नै भलाई गर्दिने ।
ज्ञानकै अघिपछि लागेर जीवन मानव सेवामै अर्पिने,
गुरु नै सर्वश्रेष्ठ हुनुहुन्छ शिक्षाकै निमित्त हाँस्दै मर्दिने ।
शिक्षालाई अघिअघि लगाउदै आफू केहि पछि पर्दिने,
गुरु नै पुजारी हुनुहुन्छ धर्मकर्म निरन्तर रुपमा गर्दिने ।
कोपिला बनी फुलेर फर्किदै अन्त्यमा बिस्तारै झर्दिने,
गुरु नै माली हुनुहुन्छ बल, बुद्धिको नि सम्भार गर्दिने ।
सहि समयको सदुपयोग गरेर खराब समयसँग टर्दिने,
गुरु नै विधाता हुनुहुन्छ ठुलो छाल पनि सजिलै तर्दिने ।
दुखपिरहरु बिर्साएर, हासोलाई नै अंगाल्न सिकाउने
गुरु नै असल मित्र हुनुहुन्छ ज्ञानबाटै सारा चोट हर्दिने ।
ज्ञानको बिजारोपण गरी त्यही ज्ञानक्षेत्र वरिपरि चर्दिने,
गुरु नै देवता हुनुहुन्छ शिक्षाबाटै सबै सम्पन्न गर्दिने ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



