गुलाफ दिएर गयौ, मलाई काँडा बिझाउने गरी
रतन साउद
प्रेमको नाता जोडाई, बस्यो घरै बसाउने गरी
गुलाफको महक सुँघाई, डस्यौ मनै दुखाउने गरी
मायाको तिरले हान्यौ, आफ्नै पोल्टैमा खस्ने गरी
चिनो पछ्यौरी लियौ, घाटीमा पासो कस्ने गरी
गुलाफ दिएर गयौ, मलाई काँडा बिझाउने गरी
मायाको रंग देखायौ, प्रेमको खेल खेल्ने गरी
नारङ्गी ओठ चुम्यौ, चित्त बुझाई अघाउने गरी
गुलाफ दिएर गयौ, मलाई काँडा बिझाउने गरी
प्रेम दिवस मनायौ, एक-अर्का बिना नबाँच्ने गरी
भोक प्यासले अघायौ, नाता तोड्नै पर्ने गरी
गुलाफ दिएर गयौ, मलाई काँडा बिझाउने गरी
रतीका राग बिर्सायौ, इच्छाको अघोर मेट्ने गरी
गुलाफ बोकेर गयौ, कसैको घर बसाउने गरी
गुलाफ दिएर गयौ, मलाई काँडा बिझाउने गरी ।