नदीजस्तै सङ्लो र धमिलो दुवै हुन्छु

गमुको पाठशाला: उत्कृष्ट तीनमा एक कोपिला

मीना चौलागाईं
काभ्रे, पाँचखाल

१.
यी दुई नयन रसाउँदिनँ सोचेको छु
पछाडिबाट छुरा हानी घात गर्नेहरूका लागि
मोती दाना आँसु खसाउँदिनँ सोचेको छु

२.
सुन्दर दृष्टि हुनेका लागि फूल हुँ
खेलाउँछु अनि मिल्काउँछु नसोच्नु कहिल्यै
खराब सोच हुनेका लागि भूल हुँ

३.
नदी जस्तै सङ्लो र धमिलो दुवै हुन्छु
परिस्थितिले निर्माण गर्दोरहेछ कस्तो बन्ने कुरा
प्राणी हुँ हात्ती अनि कमिलो दुवै हुन्छु

४.
जिन्दगीमा हीरा मोती बरु चाहिँदैन
आदर्शले जिन्दगी चल्दैन है भन्छन् भन्नेले
तर तिम्रो मायाभन्दा अरु चाहिँदैन

५.
तिमी जस्तो अरु छैन भन्दिनँ सकिनँ
बुझ्दिनँ खै कस्तो स्वाभिमान हो यो मेरो पनि
फोस्रो तारीफले प्यारो बन्दिनँ सकिनँ

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button