धेरै देखियो हिजोआज टिकटकमा

गमुको पाठशालामा उत्कृष्ट तीन कोपिलामध्ये एक

सीता शर्मा
वीरगञ्ज

कति हो फुरेकी काली
हरियो सारी र चुरामा आज
लाउँन जुरेकी काली ।

साबन नै चाइँदैन
लाउन त जहिले पनि हुन्छ
देखाउँन पाइँदैन ।

हरियाली सावन महिना
शिवको आराधना पुजा गर्ने
मन पर्ने पावन महिना ।


हिमालबाट नै बगेको झरना
नदि, ताल हुदै समुद्रमा मिसिने
आहा कति राम्रो तगेको झरना ।

हरिया चुरामा खुलिएको हात
धेरै देखियो हिजोआज टिकटकमा
रङ्गि चङ्गिमा झुलिएको हात ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button