
पानी धेरै परेकोले पुतली र भँमरा निकै डुल्दै छन्
गमुको पाठशालामा उत्कृष्ट तीन कोपिलामध्ये एक
अमृता भन्डारी (सानी)
बुटवल, खैरेनी ।
१
थिए मेहेन्दी र हरिया चुरामा नारी
सोमबारको दिनमा निराहार व्रत बसेर
सरिक भए शिवजीको पुजामा नारी ।
२
प्रायःपुरुषहरु लामो दारीमा थिए
बोलबम भन्दै कतै हिँडिरहेको हुलमा
धेरैजसो केटी पहेँलो सारीमा थिए ।
३
घरमा हर्ष र खुशी आयो धेरै
साउन महिनाको प्रभावले होला
जताततै हरियाली छायो धेरै ।
४
थरीथरीका फुलहरु फुल्दै छन्
पानी धेरै परेको कारणले होला
पुतली र भँमरा निकै डुल्दै छन् ।
५
खहरे देखिएको छ झरना जस्तो
लाग्दैछ कि आज यो मेरो हृदयलाई
साउन रैछ धर्तीको गहना जस्तो ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)