
उसैको खटन, उसकै मनोमानी
मुक्तक
लक्ष्मी रायमाझी
विराटनगर
सबैसँग एउटा यस्तो कञ्चन मन होस्
आफैं हराउने भिडमा आफ्नोपन होस्
चन्द्र मुस्कुराओस् सूर्यको आलिङ्गनमा
वैमनस्यता सेलाउने फराकिलो आँगन होस् ।
…
मुस्कुराउन सिकौं आफ्नो प्रिय स्निग्ध धरामा
सदभाव फुलाऔं समताको स्वतंत्र गरामा
छलछाम हटाएर,बाँ चौ सबैमा स्नेह बढाएर
संस्कार बचाऔं छलकपटरहित परम्परामा ।
…
खै किन भनेको मान्दैन, यो आँखाको पानी
रुँदा रुँदा परेर हो कि, उसलाई रोइरहने बानी
आखाँभित्र टक्क, बस्नु नि जमेर ढक्क
मेरो आखाँमा, उसैको खटन उसकै मनोमानी ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)