एकातिर मन हुन्छ, अर्कैतिर नजर

गमुको पाठशाला उत्कृष्ट तीन मुक्तकमध्ये एक

लक्ष्मी स्मृति
विराटनगर-५

प्यास लाग्दा तिर्खा मेट्न पानी पिउने कुवाजस्तै
ठिहिरोमा जिउ ठिङ्गुरिदा जोगाउने रुवाजस्तै
को होला खै संसारमा खोजी कहाँ पाइएला
सन्तानलाई हरेक पाइलामा डोर्याउने बुबाजस्तै ।

बाहिर देख्दा केही हुन्न, भित्र ज्यादै असर हुन्छ
एकातिर मन हुन्छ अर्कैतिर नजर हुन्छ
तर पनि हतासिन्नन् चोखो माया लगाउनेहरु
स्वार्थ मर्छ, धोका मर्छ, प्यार जहिल्यै अमर हुन्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button