
जगैसम्म खन्नलाई सबै मुसा लागेकै हुन्
गमुको पाठशाला उत्कृष्ट तीन मुक्तकमध्ये एक
महेश भट्टराई ‘दिङ्लाली’
दिङ्ला, भोजपुर
१
मान्छे म-यो भन्दा पनि काल पल्क्यो भन्ने पिर
धोती डढ्यो भन्दा पनि आगो सल्क्यो भन्ने पिर
जगैसम्म खन्नलाई सबै मुसा लागेकै हुन्
घर लड्यो भन्दा पनि खाँबो ढल्क्यो भन्ने पिर ।
२
भताभुङ्ग पारी काम टाउको ठोक्नु किन ?
पछि लागी नेताजीको झोला बोक्नु किन ??
पशुभन्दा माथि उठी मान्छे बने हुन्थ्यो
कुकुरले खुट्टा टोके आफू टोक्नु किन ??
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)