मिनिस्कर्टको गीत लेख्छौ, हाफपेन्टको नि लेख

जननी र धर्ती माता कहिल्यै नभने

सुशीला चौरेल

संस्कार जति महिलाको पेवा हो भने
हे पुरुष ! तिमी आफूलाई मान्छे नठाने ।

गुमराहमा पारी विभेद गरी राख्छौं भने
जननी र धर्ती माता कहिल्यै नभने ।

महिला मात्र इज्जतको ठेकेदार मान्छौ भने
पहिरनले महिलालाई बाँध्छु नभने ।

मिनिस्कर्टको गीत लेख्छौ, हाफपेन्टको नि लेखे
महिला शरीर शरीर नै हो वस्तु नदेखे ।

लिङ्ग फरक लैङ्गिकतामा नदेखे
महिलाको मात्र ‘ड्रेस कोड’ राखी गीत नलेखे ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button