पित्तल सुन हुन्थ्यो भने कति गालिन्थो होला

मुक्तक

गंगा दहाल
ललितपुर

पित्तल सुन हुन्थ्यो भने कति गालिन्थो होला
टाल्न मिल्थ्यो भने झुठ कति टालिन्थ्यो होला
प्राकृतिक नियम, विधि र बिधान मिचेर त्यहाँ
फाल्न मिल्थ्यो भने कति त फालिन्थ्यो होला ।

होच्याएर अरुलाई मै अग्लो भन्छ अहंकार
छोपि अंक आफैलाई पहिलो गन्छ अहंकार
लोभी पापि र इर्ष्याको पोखरीमा पौडिदै ऊ
मूल गन्तब्य छोडी कुबाटो बहन्छ अहंकार ।

सबैभन्दा भिन्न छौनी बतास तिमी
आउदै छुदै भाग्ने कति हतास तिमी
सितलताको अनुभुती गर्न नपाउदै
उडेर जाने को हौ भन त खास तिमी ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button