
गमुको पाठशालाबाट उत्कृष्ट तीन जोडी मुक्तक
सायुसुसन राई ‘चरन‘
सुनसरी ।
१
आमा बाबाको मायालु स्वभाव देखेर
सन्तानप्रतिको दयालु स्वभाव देखेर
करुणा भाव जागेर आउँछ बृद्धप्रति सधैं
निस्वार्थ उनको कृपालु स्वभाव देखेर ।
२
लटरम्मै फलेका बृक्षलाई हाने ढुङ्गाले
देखेर नि नदेखे जस्तो गर्दै छ आँखाले
भनौं त कसरी भनौ आफ्नैहरु फस्दैछन्
पिरतीको भाका बुझ्दैनन् है यहाँ बच्चाले ।
…
केशवप्रसाद ढकाल ‘प्रितबीज’
सिरान्चोक ७, उपल्लो गोहोरे, गोरखा ।
जागिरे छ पाले भए पनि
मनकारी छ गाले भए पनि
मनको मान्छे नराम्रो हुँदैन
हाँडी जस्तै काले भए पनि ।
२
दुनियाँमा अरूभन्दा इखालु छौ
लामकिरो बिर्साउने बिषालु छौ
ताकपर्दा तिवारी नत्र गोतामे
ओभानो हुन पानीमा सिपालु छौ ।
…
गुरु सुवेदी
सङ्खुवासभा ।
१
सुहाउँछ दारी जुँगा पाले भन्थी सानू
धेरै माया लाग्छ तिम्रो काले भन्थी सानू ।
सातै जुनी तिम्रै काख्मा बिताउँन पाऊँ,
अरु भए त्यो दिलमा फाले भन्थी सानू ।।
२
स्रष्टालाई भाव दिन्छ्यौ दयालु छ्यौ तिमी
सबैसँग प्यार गर्छ्यौ मायालु छ्यौ तिमी ।
कल्पनाकी छोरी तिमी काव्यकविता
सोमरस भरिएकी नसालु छ्यौ तिमी ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)