
रसिलो छ माया, सुकाएर हुन्न
शकुन्तला धिमाल
ललितपुर ।
हियाभित्र घोच्दै, दुखाएर हुन्न
गरौं चोखो प्रीत, रिसाएर हुन्न ।
बलियो छ गाँठो, दुनियाँ कसिन्छ
यति प्यारो नाता, फुकाएर हुन्न ।
सहारा हो बाँच्ने, यो जीवनभरिको
गरौं शीर ठाडो, झुकाएर हुन्न ।
वियोग छोटो होला, हुँदै हुन्न धोका
रसिलो छ माया, सुकाएर हुन्न ।
अपेक्षा विनाको सधैं प्यार हुन्छ
सफा मनको मिठास, लुकाएर हुन्न ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)