कुनै काग सेतो हुँदैन महोदय !

गमुको पाठशाला-१३९ बाट उत्कृष्ट तीन गजलमध्ये एक

बादल गुरुङ वियोगी
चिचिला-१ (बर्खे), संखुवासभा

परम्परादेखिको निति फेर्न सजिलो हुँदैन महोदय
तपाईं आफैं हेर्नुहोस् कुनै काग सेतो हुँदैन महोदय ।

पाप गर्‍यौ भने सिधा नर्क बाँस हुन्छ मरेर गएपछि
राम्रो रोजेर टेक्नलाई त्यहाँ दोबाटो हुँदैन महोदय ।

सानो जात ठूलो जात मानिसले मात्र छुट्याउने हो
दैवले त केही भेदभाव गर्न जानेको हुँदैन महोदय ।

किन च्यात्छौ चोलो किन बगाउछौ रगतको खोलो
अपार त्यो आमाको माया भर्ने भाँडो हुँदैन महोदय ।

बाहिरी वातावरण हेरेर पनि केही कुरा सिक्नुहोस्
अरु जलाएर आफू ज्योति लिने दियो हुँदैन महोदय ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button