म सक्दै छु जवानी गजल लेखेर

गमुको पाठशाला-१३९ बाट उत्कृष्ट तीन गजलमध्ये एक

सरस्वती पौडेल (सरु)
भरतपुर-५, चितवन ।

के सुनाउँ कहानी गजल लेखेर
म सक्दै छु जवानी गजल लेखेर ।

खै के सम्झौतामा बेचे कोशी, गण्डकी
म खोज्दै छु त्यो पानी गजल लेखेर ।

सपना त हर रात रंगिन हुन्छ्न् सधैं
तर निराश छन् बिहानी गजल लेखेर ।

म फर्काउन चहान्छु देश भित्रै अब
पासपोर्ट र राहदानी गजल लेखेर ।

खोजौँ सबैले यो चुच्चे नक्साको छेउ
पाउँला कि कतै निशानी गजल लेखेर ।।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button