जागै आँखा सपना देखिरहन्छु

गमुको पाठशाला-१३८ बाट उत्कृष्ट तीन गजलमध्ये एक

मीना चौलागाईं
पाँचखाल, काभ्रे ।

हरदिन पर्खिरहेछु दोबाटो जसरी
कल्पनाहरू बुन्दै हतासो जसरी ।

घामपानी सहँदै अविचलित बनेर
मायाका झार उमार्दै पाखो जसरी ।

निस्पट्ट अन्धकारमा छु वर्षौदेखि
आउनेछौ पक्कै दियालो जसरी ।

जागै आँखा सपना देखिरहन्छु
झर्छौ सोचेर शितल छाँगो जसरी ।

रमाएको मन त आँसु झर्न रैुछ
आयौ तर फर्कियौ हतारो जसरी ।

(सत्यकथाकथा, लघुकथा, कविता, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button