
निस्पट्ट अन्धकार हुन्न सबै रातहरु
गमुको पाठशाला-१३८ बाट उत्कृष्ट तीन गजलमध्ये एक
सुमन कडरिया
चितवन ।
सदाचारी बन्न सजिलो हुन्छ कहाँ
दुष्ट आनीबानी छरितो हुन्छ कहाँ ?
निस्पट्ट अन्धकार हुन्न सबै रातहरु
प्रदीप्त जूनमा अँधेरो हुन्छ कहाँ ?
उदासी किन हो दुबिधा बटुलेर
यौटै मार्ग भए दोबाटो हुन्छ कहाँ ?
उत्साह मरेर बोल्ने रहर वैलायो
सुन्दैन कसैले गुनासो हुन्छ कहाँ ?
माखो मर्ने हैन डेढ अक्कल लगाए नि
सबैले सबै थोक जानेको हुन्छ कहाँ ?
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)