बाहिर एउटा, भित्र कुरा अर्कै

शान्ता बस्याल
पाल्पा

जति सक्छौ तिमीहरू बाँडेर खाऊ ।
तिम्रा स्वार्थमा जनता नलडाऊ ।।

भनी फोस्रा कुरा अलमल नपार ।
जतिसक्छौं तिम्रै परिवार सपार ।।

के रहेछ त्यस्तो जादुको छाडी त्यो ।
स्वार्थ मिलेसी एकठाउँ हुने त्यो ।।

बाहिर एउटा भित्र कुरा अर्कै ।
खुल्दै जान्छ बिस्तारै बिस्तारै ।।

अब जनता त्यति सोझो नठान ।
जनता जागेका छन् धेरै प्रमाण ।।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button