
सबै मिली छाउनु पर्छ नेपालनाम्चा छानो
पाठकको माया
शकुन्तला देवकोटा
धेरै राम्रो लेख आउँछ दिनका दिनै टन्न
यसको बारे आज मलाई मन लाग्यो भन्न ।
सुरुदेखि लेख्ने पढ्ने अवसर मैले पाएँ
समयले भ्याएसम्म यसमा खुब छाएँ ।
शुरुमा त पाठक, लेखक थोरै थिए यसका
आजभोलि बढ्दै गए भिन्नभिन्न भेषका ।
पठाएको दिनमै पालो आउँथ्यो पहिले
एक हप्ता कुर्नु पर्छ व्यस्त भाछन अहिले
मलाई पनि मनैदेखि लागिराछ काइदा
पढ्ने, लेख्ने दुवैलाई हुन्छ फाइदैफाइदा ।
उन्नति र प्रगतिका शिखर चुम्दै जानो
सबै मिली छाउनु पर्छ नेपालनाम्चा छानो ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)