
देखाउन मिल्ने भए छाती चिरिदिन्थेँ
कोपिला
जमुना पौड्याल
विराटनगर-३
१
कति राम्रो उसको कला रहेछ
दलानमा सुन्दर गुड लायो गौथलीले
ज्यादै मिठो उसको गला रहेछ
२
हिमाली चिसो हावा सरर चल्यो
कति राम्रा फूल फुले हेर रुखको डालीमा
फूलको मिठो बास्ना हरर चल्यो
३
शीथिल भए पाङ्ग्राहरू
जिन्दगीको रथ अब गुड्नै छोड्यो
भत्केर गए पाङ्ग्राहरू
४
सफलताले चुम्न खोज्छ
प्रयास मात्र जारी राखेँ हुँदैन केही
अवसर त गुम्न खोज्छ
५
कति धेरै मुटुभरि माया छ
देखाउन मिल्ने भए छाती चिरिदिन्थेँ
दायाँबायाँ तिम्रो मात्र छाया छ
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



