
जिन्दगी
पानी झैँ थिएँ म तरल घुलिमिल्ने
भिडमा हुन थालेको छु अल्मलिने
सायद जिन्दगी नै उल्झिएको छ
आफैँसँग गुम्सिएर पिल्सिएको छ ।
म खोज्दछु यथार्थता जीवनको
पुष्प झैँ ओइलिएको यौवनको
फेरि उदाउनेछ सूर्य मेरो उदाशीमा
अनि अस्ताउनेछ त्यहीँ बेहोसीमा ।
हार स्वीकार्ने छैन लाचारिकताको
लडेर उठे सफल मानिन्छ सभ्यताको
मेरो अथक प्रयास प्रयासरत छ यहाँ
जीवन नै अरुमाथि आश्रित छ यहाँ ।
शान्तिको किरणको नि आभास हुँदैछ
एकदिन हाँस्दै खेल्दै जीवन त्याग्नेछ
मानिसको जीवन दुईदिनको चोला हो
आज छ भोलि खै परमेश्वरको खेला हो ।
खै कसरी जिउनु यो अभिशप्त जिन्दगी
इतिहास लेख्छन् कोही यहाँ मिहिनेती
पिजडाको चरा झैँ मानव समयको छ दास
घिँस्रिदै जीवन रहिन्जेल लिएर केही आस ।
शरन गौतम
विराटनगर (६
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)