
ठूलो मान्छे बुढो हुँदै जान्छ
कविताः मानिस
रतन साउँद
मानिस, कस्तो हो मानिस ?
व्यक्तिको व्यक्तित्व अनुसार
कसको अस्तित्व कस्तो हुन्छ ?
जीवन जीवन्त कसरी चल्छ ?
आत्माको जब सृजना हुन्छ
सानो मान्छे ठूलो हुँदै जान्छ
ठूलो मान्छे बूढो हुँदै जान्छ
यसरी जीवनचक्र चल्दै जान्छ
स्वभाविक समय गतिशील हुन्छ
र, त मानिस जन्मिदै जान्छ्न्
ॠतनुसार मर्दै जान्छ्न्
व्यक्तिको फुर्ती व्यर्थ हो
खुसीको पल क्षणिक हो
फेरि पनि परिस्थितिको सामना गर्नैपर्छ
दुःखसँग आत्मसात गर्नै पर्छ
किन खुसीमा उन्मादी हुनु ?
साँच्चै मानिस, कस्तो हो मानिस ?
मानिस, कस्तो हो मानिस ?
इज्जत र पहिचान पाउनको लागि
किन गर्छन् तहसनहस हदैसम्मको ?
प्रगति र उन्नतिको निहुँमा विनाश अचम्मको ।
पद र मानको लागि गर्छन् होड्बाजी
निर्वल र निर्धासँग गर्छन सौदाबाजी
पिडा त अरुको दुःखमा पनि पाईन्छ
आँसु त हाँसीखुसीमा पनि आउँछ
स्वभाविक छ, दुःखपछि खुसी आउँछ
र, त उज्यालो प्रहरपछि रात हुन्छ
सुर्यको उपस्थितीले दिन हुन्छ
रचना प्रकृतिको नियम हो
विनाश सृष्टिको निरन्तरता हो
फेरि पनि मानिसका स्वभाव फरक हुन्छन्
मीठो बोलीले स्वार्थ पुर्ति गर्छन्
किन बल र घमण्डले बलमिचाई गर्नु ?
साँच्चै मानिस, कस्तो हो मानिस ?
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



