आँखा बन्द गरेर आफ्नै अन्तरआत्मासँग सिक

सुशील आचार्य
सुर्खेत

कहिले मिठो सपनाको महल बनाइदिन्छ
कहिले जलेको खरानी भेट्न मुस्किल छ
कहिले जुन र तारा हो झै लाग्छ
कहिले तस्वीर हेरि रुन मन लाग्छ
विचित्रको हुनेरहेछ जिन्दगी
कहिले रुन मन लाग्छ
कहिले रुँदारुँदै हाँस्न ।

केहि होइन जिन्दगी
न त अन्तरीक्षमा लुकेको छ
न कुनै महलमा कैद
न भेटिएको छ कुनै बैंकको सेफमा,
न कैद हुन्छ कुनै सुन्दर चित्रमा
न स्वाद छ जिन्दगीको कुनै मिठो भोजमा ।

जिन्दगी त
त्यो नदीबाट सिक
यो माटोबाट सिक
त्यो आकाशको बादलसँग सिक
यो सुनसान रातको सुसेलीसँग सिक
यो निर्धक्क चल्ने हावासँग सिक
यी आँखा बन्द गरेर आफ्नै अन्तरआत्मासँग सिक ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button