
रहनेछन् उनी नेपाली जनमनमा ढुकढुकी चलेसम्म
कविताः भानु जयन्ती
सन्तोषी जि.टी.
चित्कारै गुन्जियो कुमार मुटुको त्यही सुरम्य तनहूँमा
घरमा छायो खुसीयाली रौनक थियो परिवार जनमा ।
नेपाली भक्त भाव लिइ तनहुँमा सिर्जेछौ एक फूल
श्री कृष्णका नातीको भानुभक्त राखियो नाम ।।
सुकोमल बालकको भयो अक्षरारम्भ श्रीपञ्चमीको दिन
पितामह थिए विद्वानै श्लोक वाचन गर्थे रातै र दिन ।
भानु अति होनहार, पढ्थे रमाई पितामहका साथ
सुनमा सुगन्ध भनेभैmँ सुन्दर उनको जीवनगाथ ।।
हिँड्दै थिए कतै देखेछन् घाँसीलाई बाटोमा
सोधेछन् गछौँ के यो घाँस काटिकन् ? ।
घाँस बेची बनाउँछु कुवा, प्यासी मानिसका तिर्खा मेटाउन
सम्झिनेछन् घाँसीले बनाएको यो कुवा भनीकन् ।।
ओहो ! यो निम्न वर्गको घाँसीको यस्तो उच्च विचार
उच्च वर्ग भनिएको म बबुरोलाई दियो केही गर्ने विचार ।
लागे दिनरात नभनी गरे रामायण ग्रन्थको अनुवाद
मौलिक रसमा डुबेको जन्मियो सुन्दर रामायण ।।
आफ्नै भाषा, संस्कृति परिवेश रसिलो रामायण
हात प-यो नेपालीजन मनमा भयो हसिलो मुहार ।
रितिथिति भाषा धर्म जोगायो भानुभक्तको विचार
आदिकवि भनी चिनिए बने यिनी हाम्रा प्रेरक ।।
जागिर खाँदा हिसाब किताब राख्ने कविता नै लेखेर
बधूशिक्षा, प्रश्नोत्तर, रामगीता कृति गए उपहार छाडेर ।
मनाउँछौँ भानु जयन्ती हामीले असार २९ को दिन
रहनेछन् उनी नेपाली जनमनमा ढुकढुकी चलेसम्म ।।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
