
सार्दुलविक्रिडीत छन्दमा भानुभक्त स्मृति
उदय मैनाली
बिर्तामोड-२ ।
घाँसी भई जन्मिए जगतमा
भानु पछि नाम रह्या ।
खुर्पाको बिँडमा श्रीखण्ड भए झैँ
चम्किरहने काम भया ।।
रम्घाको जलपान मिठास मधुर
बालापना ढल्किया ।
बाल्मिकी गुरुको रामायण पढी
विज्ञनता झल्किया ।।
धनञ्जय पिता भएर होला त भानु
विवेकी थिया ।
भाषा र भेषको दृष्टान्त भएर
माटो निमेकी भया ।।
नेपाली भाषाको मुहान रसिलो
नेपाली रामायण ।
देउताको गाथा यो पढीकन
सबै भन्छन् नी नारायण ।।
कस्तुरी तिलक ललाटमा सँधै
भानु नै भक्त भया ।
सुर्यको तेज झैँ नछेकिने सँधै
ज्ञानी सशक्त थिया ।।
भानु श्रद्धासुमन नरति कविवर
सक्दैनन् बस्न यहाँ ।
आदिकवि भएर जगमा
ख्याती अचम्मै भया ।।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



