
मासु-भातभन्दा मलाई गुन्द्रुक-ढिडो नै मनपर्छ
कविता
सुरेन्द्र लामा तामाङ
पाँचखाल ११, काभ्रे ।
अरुको ज्यान मारी
मासु र भात खानुभन्दा मलाई
गुन्द्रुक र ढिडो नै मनपर्छ ।
आनन्दित दरबारको
सुख र सयलभन्दा मलाई
झुपडीको दुखेसो नै मनपर्छ ।
छाडा र विचित्र
शहरीया जीवनशैलीभन्दा मलाई
दुःख र सुख बुझ्ने गाउँले पारा मनपर्छ ।
प्रियसीको क्षणिक
मुस्कान र नक्कली मायाभन्दा मलाई
जनमभरको निशर्त मातृस्नेह मनपर्छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



