जङ्गबहादुर जिन्दावाद !

कविताः भन जङ्गे भन !

ऋषभदेव घिमिरे
गोदावरी, ललितपुर

तिमी इतिहासका अक्षर
सलाम छ जङ्गबहादूर
तिमी र तिम्रा बहादुरीलाई !

सुगौली सन्धीमा गुमेको भूभाग
चातुर्यपूर्ण कुटनीतिक क्षमता देखाएर फर्कायौ
विश्वमन्चमा नेपाल चिनायौ
ज्ञानको ज्योति सल्कायौ
प्रविधि भित्र्याएर अक्षर देखायौ
देशको रक्षा गर्न
सीमानामा खम्बा उभ्यायौ
र, बचायौ देशको अस्तित्व ।

सिमामा तिम्रो नामले चिनिने
जङ्गे खावाहरू सारिदा पनि
मौन छ तिम्रो शासकी
उनन्चास खत गरेर पनि
चोखो छु भन्छ
दिन दहाडै लुट्छ देश
कालाबजारीले सिमा नै नाघिसक्दा पनि
मौन छन तालुकदारहरू
राष्ट्रिय संकट छ
संकटापन्न घडीमा छन मानिस
मिल्ने भए तिम्रै उक्ति पैचो लिएर
राखेर पाँच जना साक्षी
काटिदिनु हुन्थ्यो अपराधीहरू ।

जहानीयाँ भन्यौ
कोत र भण्डारखालको नाइके भन्यौ
अझै भनिरहेका छौ
तात्कालिक तिम्रा अत्याचारहरू
अधिक सवालमा तिमी
महान हौ
अद्वितीय छन् तिम्रा योगदान
तिमी साहसी !
तिमी राष्ट्रभक्त !
प्रत्येक तिम्रा नामङ्कीत जङ्गे खावाले
भनिरहेका छन जय जङ्गे !
भन जङ्गे, भन
पाँच जना साक्षी राखेर
मान्छे काटने र झुण्ड्याउने दिन
आउला कि नआउला ?

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button