किन फेसबुकमा लाइक आउँदैन ? कसरी बढाउने ?

लघुकथाः लाइक

बैकुण्ठ पोखरेल
गोदावरी, ललितपुर ।

‘विवश किन घोरिएको यसरी ?’

‘हेर न नीहारिका ! जति राम्रो रचना फेसबुकमा पोस्ट गरे पनि पचास साठीभन्दा बढ़ी लाइक नै आउदैन यार ।’

‘हे ! के के न भएर घोरिएको भन्ठानेको त जाबो लाइक धेरै आएन भनेर पो रे’छ ।’

‘विवश ! एउटा कुरा यो बुझ कि सोसल मिडियामा पाएको लाइकले तिम्रो रचनाको सही मूल्याङ्कन गर्न सक्दैन । सोसल मिडियामा त रचनाकारको रूप राम्रो छ भने रचना राम्रो हुनै पर्दैन । अझ त्यस माथि रचनाकार महिला सुन्दरी भइन् भने त लाइकको बर्षा नै हुन्छ । आम मानिसले रूप हेर्छन न कि रचना !’

‘त्यसकारण अबदेखि सोसल मिडियामा उचित मूल्यांकन नचाहिँ लाइकै मात्र पाउने रहर भए राम्री राम्री सुन्दरीको फोटोसहित रचना पोस्ट गर केहि चाँही पक्कै होला । तिमीले सुनेका छैनौ आजकल को नया उखान ‘कि कसको चल्छ, कि देखाको चल्छ ।’

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button