कविताः नेपाली रुनमात्र सकेन

सुरेशमान उलक


गफ र खुरापाती-लप्पनछप्पन कुरा गर्न सकेन
सोझा सिधा दिमागले कुनै काम अब चलेन
अथाहा सीप भएर रोजिरोटी टार्न सकेन
यो हात अब के काम खिया परेर चलेन

गुण्डागर्दी , घुस्याहाहरुलाई कसैले रोक्न सकेन
टुलुटुलु हेर्दै चुपचाप कति दिन हेर्ने अब चलेन
नेपाली जनता भन्ने कहाँ खोज्न जाउँ कोहि चिन्न सकेन
सबै कुनै न कुनै पार्टी कार्यकर्ता भएर पो सरकार चलेन

गफाडीको गफ मात्र सुनेर वाक्क लाग्यो राज्य उठ्न सकेन
हावा नभएको गाडीको चक्का जस्तै अब त चल्दै चलेन
भकारीसकारी सबैको रितिइसक्यो पेट पाल्न सकेन
नेपाली रुनमात्र सकेन अबको जीवन त सासै चलेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button