मास्कको मपाईं

कवितामा मास्क महिमा

शकुन्तला देवकोटा

धुलो, धुँवा, रोगबाट बच्ने ठूलो आश
त्यही भएर लगाइहिँड्छौ आजभोलि मास्क ।

नाक मुख छोपी हिँड्दा गाह्रो फेर्न सास
जति गाह्रो भए पनि लाउनै पर्छ मास्क ।

कति ठूलो माग तिम्रो संसारभर छायौ
सबको पालो आउँछ भन्थे, तिम्ले स्थान पायौ ।

चाइनाबाट ल्याउनु पर्ने तिम्रो त्यतै मुल
उत्पादन नगर्नु नि हाम्रो थियो भुल ।

भाइरसको प्रवेशसँगै तिम्रो खोज बड्यो
दिनदिनै पाउन छाड्यो तिम्रो मूल्य चड्यो ।

सबले थाहा पाउँदै गए मास्क नलगाई हुन्न
तिमीलाई लगाई हिँड्दा खेरी भाइरसले छुन्न ।

सार्वजनिक ठाउँमा पहिले खोल्नु पर्थो फेस
आजभोलि भिन्न भाछ मास्ककै चल्छ केस ।

स्वस्थ भै बाँच्नलाई त खुल्ला ठाउँ ठिक
भिड्भाड देख्दाखेरी लाग्छ सारै दिक्क ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button