
विद्या खड्काको परिकल्पना
कविता
अखबार
टीभी
मुहारपुस्तिका
देखाउँछन्
हरेक दिन उही खबर
चोरी
डकैती
भ्रष्टाचार
बलात्कार
हत्या
हिंसाका अनेक प्रकार ।
कारक
प्रेम – घृणा
मान – अपमान
पुरस्कार – तिरस्कार
लोभ – मोह
रीस – राग
संवेग – आवेग ।
परिकल्पना
अपराध निवारणको
शान्त समाजको ।
उपाय
आत्म नियन्त्रण
माध्यम
अष्टाङ्ग योग
ध्यान साधना
जप तप
शुरू
आजैबाट
आफैंबाट ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)