
ऊ हारी किनकी ऊ बुहारी
कविता
सुशीला चौरेल
ऊ हारी
सुस्तरी हारी
किनकी ऊ बुहारी ।
ऊ बन्दै थिई बिस्तारै संस्कारी
किनकी ऊ बुहारी
ऊ हारी नचाहँदै हारी
किनकी ऊ बुहारी ।
उसले अरूको लागि फेरि त्याग गरी
ऊ फेरि हारी
किनकी ऊ बुहारी ।
ऊ सत्यको लागि निरीह बन्दै चुप लागी
ऊ अझै हारी
किनकी ऊ बुहारी ।
आफ्नोपन ल्याउँदै उसले समर्पण गरी
ऊ त्यहाँ हारी
किनकी ऊ बुहारी ।
सकी नसकी परिस्थिति परिवर्तन गरी
तर उसले यता हारी
किनकी ऊ बुहारी ।
परिवर्तन ल्याउन खोजी, सकिन उसले फेरि
ऊ हारी
किनकी ऊ बुहारी ।
केहि होला बिस्तारै भनी खेलिन जुहारी
सकिन उसले, सधैं उ हारी
किनकी ऊ बुहारी ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



