अनि बिहे गर्न मनै नभएकालाई छोरी नखोज तिमी

कविताः जोरी नखोज तिमी

भरतकुमार न्यौपाने
झापा ।

ठुला खालका मानिससँग
जोरी नखोज तिमी
अनि बिहे गर्न मनै नभएकालाई
छोरी नखोज तिमी ।

यी दुवै खाले मान्छेका लागि
आफू अगाडि लागेर के फाइदा ?
बरु चुपचाप बस
त्यसैमा छ काइदा ।

आफू लँगडोजस्तो गरेर
न लरखराउ
सबैले हेप्ने छन्
अनि आफू कहिल्यै
होचो नबन
सबैले छेक्ने छन् ।

बरु हिमाल झैं अटल बन
समुद्रझैं ठूलो बन
हावा झैं बहकिएर
तिम्रो कुरा काट्नेहरु
सबलाई उडाइदेऊ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button