एकपल्ट आफैलाई मोडिएर हेरौं

कविता

सुशीला शर्मा

तोडिएर होइन कि त
मोडिएर हेरौं
बाधाहरुमा पुल बनी
जोडिएर हेरौं ।

गार्हो छ है रितिथिति
चालचलन फेर्न
बिषाक्त सङ्गतहरु
छोडिएर हेरौं ।

विभेद र अन्यायको
जरा फैलिराछ भने
अन्तरकुन्तर खोजिकन
पढिएर हेरौं ।

आवाजबिहिन बोल्न थाले
समानताको लागि भने
अलि सचेत भन्नेहरु
अडिएर हेरौं ।

कति गर्नु अरुकै
अर्घेलोको कुरा हजुर
एकपल्ट आफैलाई
मोडिएर हेरौं ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button