
ह्याप्पी वर्थ डे विभा
कविताः छोरी ! भनी बोलाउन चैँ नबिर्स है कुनै दिन
विभा निरौला
असार ८, भूमिराज प-यो मेरो जन्मदिन
मातापिता दुवैलाई दुई कर जोडी नमन ।
देखाइदियौ संसार अनि बुझाइदियौ व्यवहार
सम्झाईरह्यौ संस्कार अनि गराईरह्यौ सुधार ।
पूmलसँगै काँडा पनि हुने रैछ जीवनमा
तिमीले नै सिकाएथ्यौ अल्झिएर लड्दा उठ्न ।
हाँसो–रोदन दुवै जीवन, बुझाएर आँगनमा
अन्माएर पठाएथ्यौ जाऊ है अब गरी खान ।
शब्द कहाँ काफी छ र अमूल्य त्यो ममतालाई
हृदयमा सजाईरहन्छु अथाह त्यो वात्सल्यलाई ।
सँधै कोशिस गरिरहन्छु तिम्रा दर्शन पछ्याउन
छोरी ! भनी बोलाउन चैँ नबिर्स है कुनै दिन ।



