
प्रसूति, व्यथा र ड्युटी
कविता
डा. राधिका कुँवर
गाइनोकोलोजिस्ट, परोपकार प्रसूति अस्पताल ।
एउटा अनिँदो पटत्यारलाग्दो ड्युटी
कोरोनाको कहरबीच न त रहरको यो ड्युटी !
चौबिसै घण्टाको दौडधूप
ओटीदेखि वार्ड त एमरजेन्सीसम्म
रफुचक्करको थकित कुरुप ।
थकाई, भोक र प्यासबीच
खल्खली झन् त्यो पिपीको तातो रागको
अनुहार र कानको वरिपरि गडिएका माक्सका डामहरु
निरन्तर शल्यक्रियापछिका पञ्जाले ढाडिएका ती हातका डोबहरु
पेजर माइकिंगको झंकारसँगै बढिरहेका प्रसव व्यथाका चित्कारहरु
दुखाईले छट्पटिएका विरामीले खचाखच ती शैयाहरु ।
ठेलमठेल विरामीको सेवामा तत्पर ती सिमित, थकित स्वास्थयकर्मी
भागदौडमा छन्, सुरक्षित प्रसूतिसेवा सबैको अधिकार सम्झी
वेदनाको भेलसँगै वात्सलयका खुशीहरु ती हरेक मुहारमा देखिँदा
खुसीहरु पनि त अनायास साटिँदा रहेछन्
नयाँ शिशुको चिच्चाई नि कर्णप्रिय जो हुँदारैछन्
रगत र सालनालका छिटा पनि घिन नलाग्ने हुँदारैछन् ।
फेरि कहिले मन दुख्ने र साहै कुँढिने
ती अभाग्यशाली आमाको कोख रित्तेको टुलुटुलु हेर्दा
भित्रभित्रै पिल्सिने ।
रात छिप्पिँदो छ, थकान झनै बढ्दो
बाहिर एकोरो मनसुन झरी सुस्काइराछ ।
थोत्रो, गुम्सिएको ड्युटीरुमको विछौनामा एकछिनको आराम ।
झपक्क परेलीहरुले बीट मार्दै गर्दा
बिहानीको झिसमिसे र खल्यांगबल्यांगले
आँखा मिच्दै निद्राबाट बिउँझिदा
चटारो फेरि बिहानी हायन्डओभरको ।
ह्यांगओभर ड्युटीको सकेका हुन्नन्, घरपुग्दा पनि त्यो
लफडा फेरि शुरू ‘होम आईसोलेसनको’
थाहा हुँदा, त्यो जो हेरेको बिरामी कोरोना पिसिआर पोजिटीभ आएको !
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)