
कोहिसँग मन जोड्न हुन्न रै’छ साथी
कविता
भावना रिमाल
विना कारण कोहिसँग मन जोड्न
हुन्न रैछ है साथी ।
अँधेरी र उज्याली किरण अरुलाई भन्न
हुन्न रैछ है साथी ।।
स्वार्थी छु म पनि अलि धेरै नै
जसलाई म चाहन्छु, उसलाई पाउनै पर्छ
भन्न हुन्न रैछ है साथी ।
धोका मिल्छ आँखा चिम्ली
विश्वास गर्दैगर्दा अलि धेरै नै ।।
एउटैको यादमा
सधै तड्पिरहन हुन्न रैछ है साथी ।
अप्ठ्यारोको त्यो भेलमा ममात्रै
जान्न भन्न हुन्न रैछ है साथी ।।
जता जान्छौं
उतैतिर मोडिनु छ जिन्दगीमा ।
सधैंभरी
विश्वास गर्न हुन्न रैछ है साथी ।।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)




मिल्छ भने कहिले काँही बाेलाएर हेर
तिम्रो सामु परेको छु टाेलाएर हेर
एकाेहाेराे हेर्न लाज लाग्छ भनि
परेलिका नजरहरु चलाएर हेर