स्त्री कलममा पुरुष पिडा

कविताः एक दुखी पुरुष

सुशीला नेपाल

परिवार सजाउन घर बनाउन विदेशिएको म
गएका कति महिना नखाइकन दिन बिताउने म
बाबा आमाको सपना सजाउनका लागि
श्रीमतीलाई मन लागेको चीज पुर्याउनका लागि
छोराछोरीको सपना
अनि बाआमाको हत्केलामा अभाव मेटाउनका लागि
खाइनखाई दुख गरेकै छु सबैलाई खुसी पार्नका लागि ।

फोन आउँदा आँखा रसाउँछ
मन भारी हून्छ
कसैले के छ भनेर सोध्दा
बिसन्चोमा पनि ठिक छु भन्न मन रुचाउँछु ।

खै के लेखिदियो भावीले
श्रीमती अनि बाआमाको न्यानो काख मारी
खाडी मुलुकमा आफनो ज्यानलाई दाउमा पारी
मायालुको साथ बिना मुटुमा चोट पारी
कमाएको पैसा सबै पठाएँ
घर अनि परिवारको पेट पाल्न भनी
घर नि बनेछ ।

परिवारको हातमा
मोवाइल, ल्यापटप पुर्याएको छु
संसार उनीहरु नै भनी
आज श्रीमतीले साथ छोडी
पराइलाई आफनो ठानी
मेरा खिइएका हातलाई छिया छिया पारी
अरुलाई नै आफनो भनी
खै के दिइन् र मैले आफनो ज्यान धरापमा पारी
छोडी गई निष्ठूरी मनमा उथलपुथल पारी ।

कमाउन नसके सबैले ज्वाई हावा भए भन्नी
आफनो छोरी भागिदिँदा नि उसकै कूरा सून्नी
छोराछोरी साना छन्, मम्मी भनी बोलाउँछन्
हाम्रो आफनै मर्म छ, हाम्रो कुरा कसले सुन्नी ?

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button