घरलाई नै मन्दिर कसरी बनाउने ?

कविताः घर-मन्दिर

मन्जु घिमिरे दाहाल
विराटनगर ।

मन्दिर पवित्र तब हुन्छ हेर
बस्छन् जहाँ माता पिता रमेर ।

छ स्वर्गजस्तो घर त्यो खुलेको
सुख शान्ति छर्दै मन यो भुलेको ।

बाधा विपत्ति आउने आँट छैन
यस्तो छ सुन्दर घर काहिँ छैन ।

यहाँ सबै हँसिला छन् सब सजिला
फलेका फलैले बगैचा रसिला ।

यहा मौरी उडेर रसैमा रमाई
जहाँ स्वशान्तिका परेवा सर्छन् बसाई ।

मेरो घर हो मन्दिर दिन रात पुज्ने
यहाँ आरतिको स्वर हरदम छ गुँज्ने ।

आउ सजाउँ हर घर मन्दिरसरिको
सेवा गरौ सब प्राणी र पितृहरुको ।

त्यस्मै छ धर्म अनि सुख शान्ति
सफल बनाउँ जीवनको हटाई अशान्ति ।।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button