गलत बाटो हिँड्न खोज्दा नजाऊ भनी रोक्छिन्

कविताः मेरी आमा

बिमाकुमारी तामाङ

नौ महिना गर्भमा बोकी जन्म दिन्छिन् मेरी आमा
राम्रो सोच विचारधारा मनमा लिन्छिन् मेरी आमा
जन्म दिई दुधका धारा पिलाउँछिन मेरी आमा
सारा दुख भुलाएरै खुसी दिलाउँछिन् मेरी आमा
आफु भोकभोकै बसी मेरै पेट भराउँछिन मेरी आमा
मेरै खुसी, मेरै सपना, ईच्छाभित्र हराउँछिन् मेरी आमा
मायाको चौतारीको छहारीमा राख्छिन् मलाई मेरी आमा
मायाको किरण चारैतिर बाँड्छिन् सबलाई मेरी आमा
सर्वश्व माया मलाई दिई पिडाको संसार भोग्छिन् मेरी आमा
गलत बाटो हिँड्न खोज्दा नजाऊ भनी रोक्छिन् मेरी आमा
सफलताको शिखर चुमाउन साहस गर्छिन् मेरी आमा
दुख,पिडा सबै लुकाई खुसीको बिउ छर्छिन् मेरी आमा ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button