
तिमी किन रिसाएकी प्यारी मेलम्ची ?
कष्ट कविता
सुशीला चौरेल
जहिलेदेखि तिमीलाई देखें
तिमी थियौं निश्चल।
न त दाग न खोट थियो
तिमी साह्रै कोमल।
स्पर्शको भोको म, अरु कति कति
देख्दा पनि आहा भन्थे
लाग्थ्यो काउकुती ।
तिम्रो रूपको बयान गर्न नथाकेका मान्छे
डुबुल्की मार्न तिमीसँग चाहना छ भन्थे
मैले पनि त्यो स्पर्शलाई किन सक्थेँ भुल्न
कहिले सक्छौ प्रिय तिमी पहिलेजस्तै खुल्न ।
तिमी किन भक्कानियो के बज्रपात पर्यो
तिम्रै सन्तान तितरवितर सबै उजाड भयो
दुनियाँको प्यास मेटाउनेको आज बेथिती भो
देख्न मन छ छिटै तिमीलाई हाँसी बोलेको ।
रिसाउँदै रोयौ तिमी जान्न सकिनँ
उग्र हुँदै मडारियौ थाम्न सकिनँ
तिमीसँगका अतीतलाई भुल्न सकिनँ
तिम्रो छेउ जाने मन छ किन सकिनँ ?
सबले सोध्छन् तिम्रोबारे के जवाफ दिनु
छाडिदेऊ रुन अब पहिले जस्तै हुनु
अब छाड रिसाउन के चोट पर्यो कुन्नि
हे सुन्दरी रिसाएकी सुहाउँदैन नि ।
कसले गर्दा उग्र भाकी सुहाएन नि
तिमी किन रिसाएकी प्यारी मेलम्ची ?
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)




कोरोना अनि कहिले बाढि पहिरोको जोखिममा देश छ
जनतालाइ ऐन नेतालाई चैन जस्तो माथिकोआदेश छ
पिडैपीडामा जनता रोइरहेका छन् कस्ले बचाउने हो
नेता मन्त्री बचाउन पो देशमा आफ्नै अध्यादेश छ