अटल बनोस् हाम्रो माया माछापुच्छ्रेजस्तो, अनुपम सौन्दर्यको फेवातालजस्तो

राजेन्द्र गुरागाईं
विराटनगर ।

जुनी जुनी सयौ जुनी साथ पाए हुन्थ्यो
अजम्बरी प्रेमको माला लाउन पाए हुन्थ्यो ।

हुन पाए हुन्थ्यो सधै तिम्रै मनको साथि
सँग सँगै उड्न पाए हुन्थ्यो बादल माथि
हाम्रो माया सधैंभरि रहोस् बराबरि
तिम्रै मात्र मान्छे हुन पाऊँ घरि घरि ।

सागर जस्तो निर्मल चोखो रहोस् हाम्रो माया
ज्यान प्राण एउटै बनोस् शीतल बनोस् छाया
अटल बनोस् हाम्रो माया माछापुच्छ्रे जस्तो
अनुपम सौन्दर्यको फेवाताल जस्तो ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button