
खाडी: आँखा तर्दै अघि भिडियोकलमा तिमी झर्किएको त्यो पल !
रमन भण्डारी
दरदर दर्किन्दै
आफ्नु जवानीको रङ्ग पोख्न तल्लिन यो झरी !
अनि ठुस्स परी नाक खुम्च्याएर
आँखा तर्दै अघि भिडियो कलमा तिमी झर्किएको त्यो पल !
…
उ त्यहाँ हेर त …
खै कहाँ ?
धैत लाटी त्यहिँ तिम्रो पछाडिपट्टि क्या …,
राम्रोसँग हेर न !
… खै केहि त छैन, हजुरले झुट बोल्नु हुन्छ ।
बेबिले त आखा नै देख्न छाडेछ अब
क्षणिक खुसी दिन बोलिएको त्यो झुट
…
स्वारस्वार चियाको चुस्कीसँगै
हातैमा भएको खुकुरी चुरोटको ठेट्नो,
अनि खाडीको निसास्सिने गर्मीमा बसी
त्यो रङ्गिन मौसमको परिकल्पना …,
उहि गाउँघर अनि उनैको याद,
अनि कपिकल्पित- फेद न टुप्पोको शब्दलाई जोडी
अर्थको तालमेल गराउने प्रयासमा ‘म’
…
शब्दसँग खेल्न म जान्दिनँ ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



