
आखिर पसिना त पसिनै हो
कविताः पसिना
ओम आचार्य
गर्मीबाट निस्केको पसिना
र, श्रमवाट निस्केको पसिना
एउटाले घिन पैदा गर्छ
एउटाले श्रद्धा
आखिर पसिना त
पसिना नै हो ।
एउटाटा पसिनाले एकक्षण
नाक बन्द गराउँछ, दुर्गन्ध
एउटा पसिनाले
लामो सास तानेर फोक्सोभित्रै राख्छ, सुगन्ध
आखिर पसिना त पसिनै हो ।
पसिनामा यो भेद किन ?
तपाइ यो बुझनुस्
पसिनाले आफ्नो रंगमा भेद गरेको छैन
पसिनाले बसी खाने
र, कर्मगरी खानेमा भेद गरेको छ
पसिनाले आफ्नो गन्धमा भेद गरेको छ
पसिनाले आफ्नो सुगन्धमा भेद गरेको छ श्रमिकको
किसानको श्रमबाट निस्केको पसिना सुगन्धित हुन्छ ।
त्यो सुगन्ध तपाइको कोठेबारी
र, खेतबारी हुँदै पुरै राष्ट्र सुगन्धित भएको छ
पसिनाले पर्यावरण दुषित हुन दिएको छैन
जस्तो कि यो भुमीमा रुद्र भगवानको आँशु झरेर
रुद्राक्ष उम्रेजस्तो
यो भुमीमा किसानको पसिना झरेर
असंख्य रुखहरु उम्रिएका छन् ।
गर्मीको पसिनाले दुर्गन्धबाहेक
केही सिर्जना गर्दैन
आलस्य श्रृजना गर्छ
श्रमको पसिना
आहा त्यसमा उर्जा छ
र, हो, त्यही उर्जामा सृजन शक्ति छ
र, यो ब्राम्हण्ड यसैमा अडेको छ ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)