
पागल
कविता
सरोजकुमार खाती
पञ्चकन्या-४, थप्रेक नुवाकोट ।
पागल हुन् ती
जो, आफुलाई जे मन लाग्यो त्यहि गर्छ ।
जो, आफुलाई मन लागे
अरुलाई चोट पुर्याई हाँस्छ ।
जो, आफुलाई मन नपरे
बहानाको सिरक ओडी
जाडो भयो भन्दै
तरवारहरु एक आपसमा जुधाएर
आगोको झिल्का निकाल्छ ।
र, ती झिल्काले
फूलहरु समेत सजिलै जल्छन् ।
जो, काँडाहरुलाई पुजा गरी
मन्दिरको मुर्ति बनाउँछ ।
जो, जे मन लाग्यो जसलाई पनि
मकै भुट्दा पड्के झैं
तिखा छुराहरु मुखबाट
पटटट पड्काइरहन्छ ।
उसलाई मतलब हुन्न्
आफनो दायित्व भए पनि
पिडाहरु रोओस् वा हाँसोस्
तरवारी जेसुकै होस्
जो, सर्प पनि बिष पखाल्ने बहानामा
दुध पनि जताततै नरम भई माग्दै हिँड्छ ।
तर उही नै जंगलको
सिंह हुन्छ ।
उसलाई सबैले जंगलको
राजा घोषणा गर्छन् ।
उसलाई कसले छुन सक्छ र ।
उसकै पक्कड हुन्छ, जताततै,
रातलाई दिन भन्न लगाउँछ ।
सुर्यलाई हत्केलाले छेक्ने प्रयास गर्छ ।
हिउँहरु बटुलेर हिउँमा
आगो सल्काउन लगाउँछ ।
कालाहरु सेता हुन्छन् उसका लागि,
हो, ऊ एउटा निर्विघ्न प्राणी हो ।
उसको नै इतिहास बन्छ यहाँ
ऊ नै देवता पुजिन्छ यँहा
ती सबै पागल हुन् ।
यी पागलहरुले कुन बेला
के गर्न सक्छन् ?
केहि थाहा छैन ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)




प्रेम!!!
जोडेर कँहा जोडिन्छ र
तोडेर कँहा तोडिन्छ र
जब सच्चा प्रेम हुन्छ नी
भुलेर कँहा भुलिन्छ र!!
पाउने आश अनि
गुमाउने डर हुन्छ नी
त्यो त स्वार्थमा हुन्छ
प्रेममा कँहा हुन्छ र!!
जब प्रेम !!
चाह मुक्त हुन्छ,
डाहा मुक्त हुन्छ ,
आहा ! मुक्त हुन्छ ,
डर मुक्त हुन्छ ,
रहर मुक्त हुन्छ ,
अनि पो त
सच्चा प्रेम हुन्छ |
प्रेम माथि नि शंका रे
कस्तो संकुचित प्रेम ?
शंका र बिश्वास त
व्यापार मा हुन्छ |
जब सच्चा प्रेम
हुन्छ नी
प्रेमको परिभाषा
बिशाल हुन्छ…
……………✍️