मेरो देश आस्थाको धरोहर

कविता

मन्जु घिमिरे दाहाल
विराटनगर ।

मन्दिरको देउता
मेरो मन्दिर भित्रका आस्थाका धरोहर
सधै विश्वास र प्रेमले पुजा गर्ने थलो
प्रकृतिको अनुपम सौन्दर्यले सुशोभित
हरेक मेरा इच्छा र आकांक्षाका स्तम्भ
नभट्किउन् कहिल्यै मेरो मन भित्रभित्रै
मलाई थाहा छ तिमी कहिल्यै टाडिने छैनौ
कहिल्यै बिरानो हुने छैनौ
त्यसैले त म मनभित्र सुन्दर सप्तरङ्गी अच्छरता सजाउँछु
त्यसैले तिमी म दुखीसँग रिसाएर टाडिन खोज्यौ भने
मेरो मनभित्रको मन्दिरमा आस्थाको मुटु दुख्ने छ ।
त्यसैले मेरो भगवान तिमी पनि पक्कै रिसाउने छैन
किन थाहा छ ?
किनकी म एउटा देश हुँ
मेरो देश आक्रान्त छ, दुःखी छ
मेरो विश्वास छ
तिमीले कहिल्यै मेरो विश्वासको
दियो निभ्न दिने छैनौ
त्यसैले तिमी मेरो देवता
आस्था र विश्वाससको भरोसा होऊ ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button