तिमी पछ्याइरहु, म भागिरहुँ

कविता

सुफल थपलिया

तिमी पछ्याइरहु
म भागिरहुँ
यसैमा छ एउटा जीवन र
त्यहिँ जीवनभित्र तिमी छौ अनि म ।

निरन्तर बढोस् तिम्रा पाइला पनि
तर, नभेटुन् मलाई
चाहिरहुँ तिमी न्यानो स्पर्श
तर, नजुरोस् त्यो समय ।

तिमी पछ्याइरहु
म भागिरहुँ ।

बाचिरहोस् तिम्रा कल्पनाहरु
तर, नमरोस् मेरा भरोसा पनि
सामिप्य झै लागोस् हरेक अनुभुतिहरु
तर, नगाँसियोस् कागजी सम्बन्ध ।

तिमी पछ्याइरहु
म भागिरहुँ ।

चलिरहोस् यो सिलसिला जीवनभर
मिठो सपनाजस्तै
तर कहिल्यै नजितुँ म
अनि कहिल्यै नहार तिमी ।

तिमी पछ्याइरहु
म भागिरहुँ ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button