
ठोकिए होला तिमीसँग भिडमा कुमहरु पनि
गजल
भवानी गौतम
काभ्रेपलान्चोक, हाल काठमाडौं ।
म भन्दिन पिरतीमा जित हुनुपर्छ
तर, एउटा इतिहास लिखित हुनुपर्छ ।
हरेक सम्बन्धहरुले यहाँ आधार पाउँदैनन्
र, त सम्झनलायक एउटा अतित हुनुपर्छ ।
ठोकिए होला तिमीसँग भिडमा कुमहरु पनि
मनै जोडिन त जीवनसँग सम्बन्धित हुनुपर्छ ।
हिजो भुलेको गल्ली आज खोज्दै छौ भने
पक्कै तिम्रो नासो त्यहाँ सुरक्षित हुनुपर्छ ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
धेरै राम्रो